पोखरान्युजडटकम, २ असार –
पूर्व मुमा बडामहारानी रत्न पेटसम्बन्धी समस्याका कारण आज थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना हुनुभएको छ ।
सो अस्पतालमा रहेको पाचन प्रणाली उपचार केन्द्रमा उहाँ भर्ना हुनुभएको अस्पतालले जनाएको छ । उहाँको उपचारमा पेटसम्बन्धी रोगका वरिष्ठ चिकित्सक मधु घिमिरे संलग्न हुनुहुन्छ ।
उहाँ तत्कालीन राजा महेन्द्र शाहका पत्नी हुनुहुन्छ । गणतन्त्र घोषणापछि राजपरिवारका सदस्यहरु नारायणहिटी दरबारबाट नागार्जुन सरे पनि उहाँ नारायणहिटी दरबारकै महेन्द्र मञ्जिलमा बस्दै आउनुभएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution