पोखरामा विश्व प्रसिद्ध कर्मर्सियल भेईकल कम्पनीका गाडी संचालनमा आउने

पोखरान्युजडटकम, २ जेठ –

पर्यटकीय नगरी पोखरामा करीब एक साता भित्रमा मित्र राष्ट्र भारतको बिश्व प्रसिद्ध कर्मर्सियल भेईकल कम्पनीको उत्पादन बिभिन्न मोडलका गाडीहरु संचालनमा आउने भएका छन । पोखरा बस व्यावसाय समितिले पुराना गाडीहरु विस्थापन गर्ने निति अन्र्तगत उक्त गाडीहरु संचालनमा ल्याउने भएको हो ।

कर्मर्सियल भेईकलस् लिमिटेडको आधिकारी बिक्रेता ईष्ट्रन एजेन्सीज प्रा.लि. ले पोखराको लागि अटोवेज प्रा.लि. मार्फत उक्त गाडीहरु पोखरामा उपलब्ध गराएको छ । भारतले हालै उत्पादन गरेको युरो थ्रि मापदण्डका अत्याधुनिक सुविधा सम्पन्न उक्त गाडीहरु नेपालमा भित्राएसंगै पोखरामा पनि यस गाडीहरुको विहिबार देखि बिक्रि सुरु भएको हो । यसै,बिच नेपाल तथा बंगलदेशका कन्ट्री म्यानेजर तरण अरोराले एक समारोहका बिच स्थानिय यातायात ब्याबसायीहरुलाई उक्त गाडीको सांचो समेत हस्तान्तरण गरेका हुन ।

कर्मर्सियल भेईकलस् लिमिटेड 2

चालु अर्थिक बर्षमा मात्र करिब २००० गाडी बेच्न सफल भएको छ जुन गत आ.ब. को तुलनामा २०० प्रतिशतले बढी भएको कम्पनीको दाबी छ । नेपालमा आईसर ब्राण्डका ट्रक, बस, मिनि बस, मिनि ट्रक तथा ट्रिपरहरुको माग दिनानुदिन बढीरहके छ । आइसर ब्राण्डका लक्जरी बस भारतका बिभिन्न शहरहरुमा अत्याधिक सफलताका साथ सञ्चालन भईरहेको कारणले नेपालका मुख्य शहरहरुमा ल्याउदै गरेको नेपाल तथा बंगलदेशका कन्ट्री म्यानेजर तरण अरोराले बताए । उनले भने “ नयाँ टेक्नोलोजिबाट निमार्ण भएको यो गाडीको नेपालबाट धेरै माग पक्कै आउने छ। ” उनका अनुसार उक्त गाडीहरु नेपालमा ६ महिनामा ४ सय वटा गाडीहरु बिक्रि भएका छन । यो मोडलका बसहरु अन्य कम्पनीका बसहरुको तुलनामा ५ देखी ७ प्रतिशत सम्म ईन्धन किफायती, आरमदायी, मर्मत खर्च अत्याधिक कम तथा ३ अग्नी नियन्त्रक यन्त्र जडित भएकोले पोखरा जस्तो पर्यटकिय शहरमा आन्तरिक तथा बाह्य पर्यटकको लागि अत्यन्तै उपयुक्त हुने आफुहरुले देखेर आफुहरुले पोखरामा उक्त गाडीहरु बिक्रि वितरण गर्न सुरु गरीएको अटोवेजका प्रवन्ध निर्देशक नारायण पौडेले बताए । प्रति गाडीको मुल्य ३७ लाख ५० हजार रुपैया रहेको उनले बताए । ३६ सिट क्षेमता भएको उक्त गाडी पोखरामा संचालनमा आएसंगै अन्य निजि कम्पनीहरुले समेत मनपराउने भएको उनले जनाए ।

ईष्ट्रन एजेन्सीको आधिकारीक बिक्रेता अटोवेज प्रा.लि ले पोखरा वस व्यवसायीलाई २४ गाडी उपलब्ध गराएको पोखरा बस व्यावसायी समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले बताए । पहिलो चरणमा १४ वटा गाडीहरु पोखरा आएको बताएका उनले एक साता भित्रमा पोखरामा ती गाडीहरु संचालनमा आउने बताए । प्रविधिहरु समेत जडान गरीने भएकोले करीब ३ महिना भित्रमा ग्लोवल पोजीसीङ सिस्टम (जिपिएस) लगायतका प्रविधिहरु जडान हुने भएको उनले जनाए । ६ महिनामा वुटवल, नारायणगढ र पोखरामा गरी आइृसर ब्राण्डका ४ सय वटा गाडीहरु विक्रि गरेको प्रमुख कार्यकारी अधिकृत ईष्ट्रन एजेन्सीजले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button