कास्कीमा व्यावसायीक कुखुरापालन गर्ने फर्महरु मध्य १४ प्रतिशत मात्र दर्ता

पोखरान्युजडटकम, २ असार – 

कास्की जिल्लामा व्यावसायीक कुखुरापालन गर्ने फर्महरु मध्य ८६ प्रतिशत जसो दर्ता विना नै संचालन भएका छन । केन्द्रीय तथ्याङक् विभागले विहिबार पोखरामा आयोजना गरेको नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१-०७२ राष्ट्रिय स्तरको संक्षिप्त नतिजाको बारेमा जानकारी गराउदै कास्कीमा १४ प्रतिशत मात्र कुखुराका फर्महरु दर्ता भइृ संचालनमा आउने गरेको जनाएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

केन्द्रीय तथ्याङक् विभाग थापाथली काठमाण्डौं र तथ्याङक् कार्यालय कास्कीले संयुक्त रुपमा तयार पारेको सर्वेक्षणमा उल्लेख भए अनुसार १४ प्रतिशतले व्यावसायीक कुखुरा पालन फार्म दर्ता गरेकामा मध्य जिल्ला पशु सेवा कार्यालयमा १० प्रतिशत, घरेलु तथा साना उद्योग कार्यालयमा ४७ प्रतिशत, नगरपालीका÷गाविसमा २८ प्रतिशत तथा अन्य निकायमा १५ प्रतिशत दर्ता भएको पाइृएको छ । कास्कीमा ७ सय ८४ वटा फर्महरु कृषकहरुले व्यावसायीक रुपमा संचालन गरेका छन भने जसमध्य ७ सय ४० ले ९४ प्रतिशत ब्रोईलर कुखुरा मर्फ, ३७ ले ५ प्रतिशत लेयर्स कुखुरा फर्म तथा ७ वटाले १ प्रतिशत ह्याचरी फर्म रहेको सार्वजनीक भएको तथ्याङकमा उल्लेख भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button