पोखरान्युजडटकम, ३ असार –
पर्वत जिल्लाको कुश्मा नगरपालिका–२ स्थित सहस्रधाराबाट कालीगण्डकी नदीमा डुबेर एक महिला बेपत्ता भएकी छिन् ।
कुश्मा नगरपालिका–२ सहस्रधारा बस्ने २७ वर्षीया भगवती क्षेत्री बिहीबार साँझ कालीगण्डकी नदीमा डुब्दा बेपत्ता भएकी हुन् । नदी किनारमा हातमुख धुनका लागि गएकी उनी एक्कासि नदीमा डुबेकी हुन् ।
नदीमा डुबेर बेपत्ता भएकी क्षेत्रीको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनको सहस्रधारादेखि मिर्मीसम्म खोजी गरिएको र अहिलेसम्म कुनै अवस्था पनि पत्ता नलागेको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनको मानसिक सन्तुलन ठीक नभएको पनि बताइएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution