चुरे दिवसमा चित्तल हस्तान्तरण

पथरी (मोरङ), ३ असार –

राष्ट्रपति चुरे मधेस संरक्षण दिवसको अवसर पारेर मोरङको बेतना सिमसारमा रहेको चिडियाखानालाई दुईवटा चित्तल एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सामुदायिक वन पथरी शनिश्चरेले संरक्षण गर्दै आएको दुई थान माउ चित्तललाई पूर्व क्षेत्रीय वन कार्यालय विराटनगरका क्षेत्रीय वन निर्देशक मनबहादुर खड्काले आज हस्तान्तरण गर्नुभएको हो ।

मोरङको बेलबारीमा रहेको बेतना सिमसार पर्यटकीय गन्तव्यका रुपमा चर्चित बन्दै गएको छ । सिमसारमा कछुवा, वन बिरालो, अजिङ्गर, निलगाईलगायतका विभिन्न वन्यजन्तु संरक्षण गर्न थालिएको छ । कार्यक्रममा क्षेत्रीय वन निर्देशक खड्काले चुरे र चुरे क्षेत्र वरपरका क्षेत्रको संरक्षणमा स्थानीय जनसहभागिता महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला वन कार्यालयका प्रमुख दीपक ज्ञवाली, वेतना सिमसारका अध्यक्ष डम्बर बस्नेतलगायतको सहभागिता रहेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button