एमाले निकट निजामती संगठनको बैठकमा कुटाकुट

  • पोखरा न्यूज
  • २०७३ अषाढ ३
एमाले निकट निजामती संगठनको बैठकमा कुटाकुट

पोखरान्युजडटकम, ३ असार  –

एमाले निकट निजामती कर्मचारी संगठनको बैठकमा कुटाकुट भएको छ ।

नेतृत्व विवादका कारण शुक्रबारको बैठकमा केही कर्मचारी नेताले संगठनका अध्यक्ष पुन्य ढकालमाथि हातपात गरेपछि बैठकमा कुटाकुट भएको हो । साताअघिमात्र सम्पन्न निर्वाचनबाट निर्वाचित नेतृत्वमा विवाद भएपछि बैठकमै कुटाकुट भएको हो ।  बैठकमा हातपातपछि बैठक स्थगित भएको अध्यक्ष ढकालले जानकारी दिए ।

‘केही साथी आक्रोशित हुनुभयो । उहाँहरुले ममाथि हातपातको कोशिस गर्नुभयो,’ अध्यक्ष ढकालले भने, ‘तर, अहिले स्थिति शान्त भइसकेको छ ।’

नेतृत्वका विषयमा छलफलका लागि संगठनको बैठक अर्को दिन बस्ने ढकालले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस