पोखरान्युजडटकम, ३ असार –
शैक्षिक प्रमाणपत्र नक्कली बनाई चिकित्सकको काम गर्दै आएका तीन चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकामा डा रजनी अग्रवाल, डा सुनिल आचार्य र डा राजन पुरी छन् । केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले अग्रवाल र आचार्यलाई भरतपुर–१० मा रहेको प्रगति पोलिक्लिनिकबाट र पुरीलाई गोर्खाको पालुङ्टारमा सञ्चालित शिविरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
उनीहरुको अनुसन्धान समेत केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने र आवश्यकता हेरी मुद्दा दर्ता गरिने कुँवरले बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution