राष्ट्रिय हितविरुद्धका मागप्रति सचेत हुन आग्रह

पोखरान्युजडटकम, ३ असार –

नेकपा (माक्र्सवादी) ले मधेस आन्दोलनबाट उठेका एजेन्डा राष्ट्रिय हितविरुद्ध भएकाले त्यस्ता मागप्रति संवेदनशील रहन सरकारलाई आग्रह गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका सचिवालय प्रमुख अच्युतराज ज्ञवालीले संविधानले सबै जनताको भावना समेट्न नसकेको अवस्थामा उनीहरुको अपनत्व हुने गरी संविधानलाई कार्यान्वयन गराउनुपर्नेमा जोड दिँदै विदेशीको इसारामा राष्ट्रिय अखण्डतामा आँच आउने गरी संविधान संशोधन नगर्न सुझाव दिनुभयो ।

जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारीले सरकारले मधेस आन्दोलन समाधानका लागि अविलम्ब नागरिकताको छानबिन गर्नुपर्नेमा जोड दिँदै मधेस आन्दोलन भारतीय इसारामा भएको र मधेसी जनताको हकहित र पक्षमा नरहेको बताउनुभयो । उक्त कार्यक्रममा नेकपा (माक्र्सवादी)ले मुलुकमा विद्यमान समस्या समाधानका लागि सरकारलाई दबाब सिर्जना गर्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

आजदेखि एक महिनासम्म पहिलो चरणको आन्दोलनअन्तर्गत प्रधानमन्त्रीलाई ज्ञापनपत्र र राष्ट्रपतिलाई स्मरणपत्र बुझाउने तथा देशका विभिन्न स्थानमा जनजागरण कार्यक्रमका साथै प्रचारप्रसार गरिने छ ।

पार्टीको आन्दोलन परिचालन समितिका संयोजक तेजप्रकाश घिमिरेले मुलुक तथा जनता अहिले भ्रष्टाचार, विकृति, महँगी र कालोबजारीबाट आक्रान्त रहेको अवस्थामा जनप्रतिनिधि गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button