काठमाडौँ, ३ असार –
सामान्य प्रशासनमन्त्री रेखा शर्माले सफल जीवनका लागि महिला पुरुषबीच सहकार्य आवश्यक भएको बताउनुभएको छ ।
आज यहाँ साइसा ब्युटि एन्ड हेल्थ केयर होमको बीसौँ वार्षिकोत्सवमा बोल्दै उहाँले महिला वा पुरुष अलग राखी समाज र देशको विकासको कल्पना गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– “नेपालमा राष्ट्र प्रमुखदेखि राज्यका उच्च तहमा महिला हुनुले विश्वमा हामी गर्व गर्न लायक छौँ । पुरुषको सहयोगबिना यी उपलब्धि सम्भव थिएन ।”
नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले महिलाको सम्मानले मात्र घर र कार्यरत संस्थामा रहेका महिलालाई कार्य गर्ने सकारात्मक वातावरण सिर्जना हुने बताउनुभयो ।
लोकगायिका कोमल वलीले महिलालाई सम्मान गर्ने परम्पराबाट मात्र सामाजिक परिवर्तन सम्भव हुने विचार राख्नुभयो ।
साइसा ब्युटि एन्ड हेल्थ केयर होमका सञ्चालक सीता पाठकले महिलाको सुन्दरता स्वास्थ्यसँग पनि जोडिएकाले अहिलेको व्यस्त जीवनमा आफ्नो स्वास्थ्यको ख्याल राख्नु चुनौती भएको बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution