बीरगन्जबाट पनि नौ चिकित्सक पक्राउ

पोखरान्युजडटकम, ३ असार –

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा आज वीरगन्जबाट नौ चिकित्सकलाई पक्राउ गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रहरी नायब उपरीक्षक फिरोज बस्नेतको नेतृत्वमा काठमाडौँबाट आएको टोलीले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट तीन, वीरगन्जकै नेसनल मेडिकल कलेजबाट चारर निजी क्लिनिकबाट दुई चिकित्सकलाई नियन्त्रणमा लिएको हो ।

नारायणी उपक्षेत्रीय अस्पतलामा कार्यरत डा कुशराज गिरी, डा सरोजकुमार सिंह, डा पन्नालाल पटेल तथा नेसनल मेडिकल कलेजबाट डा इरसादुल हक, डा महम्मद राहुल्ला, डा निमेष पाल रमन र डा रामकुमार प्रधान तथा वीरगन्जका विभिन्न स्थानका निजी क्लिनिकबाट डा दिनेश साह र डा अरुणकुमार गुप्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त सबै चिकित्सकको शौक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी सिआइबीमा परेकाले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका चिकित्सकलाई छ घन्टासम्म जिल्ला प्रहरी कार्यालय पर्सामा राखी सुरक्षा व्यवस्थाका साथ आवश्यक अनुसन्धानका लागि काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

नेसनल मेडिकल कलेजको सघन कक्षमा बिरामीको शल्यक्रिया गरिरहेका बेला प्रवेश गरी चिकित्सकलाई पक्राउ गर्नु प्रहरीको गलत कार्यशैली रहेको आरोप डा निरज सिंहले लगाउनुभयो ।

यसैबीच चिकित्सक पक्राउ परेको विरोध गर्दै नेसनल मेडिकल कलेज र नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक तथा मेडिकल स्टाफ जिल्ला प्रहरी कार्यालयमा जम्मा भएपछि अस्पतालमा भर्नामा रहेका बिरामी उपचार सेवाबाट वञ्चित छन् । चिकित्सक पक्राउको विरोध गर्दै जिल्ला प्रहरी कार्यालय परिसरभित्रै चिकित्सक तथा मेडिकल स्टाफले प्रहरीविरुद्ध नाराबाजी पनि गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button