पोखरान्युजडटकम, ३ असार –
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले मनुस्मृतिका पालादेखि नै नेपाल योग सुरु भएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भमा भारतीय दूतावास अन्तर्गत बिपी कोइराला नेपाल–भारत फाउन्डेसनले यहाँ आज आयोजना गरको कार्यक्रममा उहाँले धार्मिक ग्रन्थ ‘उपनिषद्’ र ‘गीता’ सो कुरा उल्लेख भएको तथा गौतमबुद्ध, महर्षि पतञ्जलि, मनु, वाल्मीकि, विश्वामित्र लगायतले नेपालमा योगको अभ्यास गरेको जानकारी दिनुभयो ।
एक दिनका लागि मात्र नभएर सदा योगको अभ्यास गरेर शरीर र दिमागलाई सन्तुलन राख्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो– “शान्ति र सन्तुष्टि योगबाट प्राप्त हुने हुनाले जुुनसुकै पेसा व्यवसायीका मानिसलाई पनि यो आवश्यक छ । ”
नेपालका लागि भारतीय राजदूत रणजित रायले योगको अभ्यासबाट मानिसको दिमागमा सकारात्मक सोचको विकास हुने बताउनुभयो । कार्यक्रममा योग गुरु डा एचआर नागेन्दर र स्वामी आनन्द अरुणले योगका फाइदाका विषयमा जानकारी गराउनुभएको थियो । गत वर्षदेखि विश्वभरि नै जुन २१ तारिखमा योग दिवस मनाउन सुरु गरिएको हो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution