भारत जान हिँडेका छ महिलाको उद्धार

पोखरान्युजडटकम, ४ असार –

सदरमुकाम महेन्द्रनगरस्थित बसपार्कबाट भारत जान हिँडेका झापा विर्तामोडका छ जना महिलाको साना हात नामक गैरसरकारी संस्थाले शुक्रबार साँझ उद्धार गरेको छ ।

बेचबिखनमा पर्न सक्ने भन्दै संस्थाले ती महिलाको उद्धार गरेको हो । काठमाडौँमा मेनपावर कम्पनी खोलेर बसेका इटहरीका बिर्खबहादुर लिम्बूले रु एक लाख २० हजारदेखि एक लाख ५० हजार लिएर भारतको नयाँ दिल्ली हुँदै दुवईमा घरेलु कामदारका रुपमा काममा लगाइदिने भन्दै बसमार्फत महिलालाई पठाएको संस्थाले जनाएको छ ।

उद्धार गरिएका महिला २३ देखि ३५ वर्षसम्मका छन् । महिलाको काठमाडौँदेखि नयाँ दिल्लीसम्मको बस भाडासमेत लिम्बूले व्यहोरेका छन् ।

महिलालाई यहाँसम्म पुरयाउने कार्यमा संलग्न चितवनकी एक जना महिलालाई प्रहरीले भारतको सीमावर्ती बजार बनवसाबाट पक्राउ गरेको छ । अनुसन्धानका क्रममा रहेकाले प्रहरीले महिलाबारे कुनै जानकारी दिएको छैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button