एसएलसी नतिजामा चित्त नबुझेपछि आत्महत्या

  • पोखरा न्यूज
  • २०७३ अषाढ ४
Post Thumbnail

 

पोखरान्युजडटकम, ४ असार –

एसएलसीको नतिजाबाट निराश बनेकी बझाङकी एक छात्राले आत्महत्या गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार पिपलकोट–१ की १८ वर्षीया सपनाकुमारी भण्डारीले आत्महत्याको बाटो रोजेकी हुन् । उहाँले भन्नुभयो – “सँगैकी साथी राम्रो ग्रेडमा पासहुँदा आफ्नो न्यून ग्रेड आएको भन्दै आत्महत्या गरेको भन्ने बुझिएको छ ।”

मृतक छात्राले बुङगलस्थित बटुलसेरा कन्या माविबाट एसएलसी परीक्षा दिएकी थिइन ।

बिहीबार एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको दिन न्यून ग्रेड ल्याएको भन्दै भण्डारीले रुखमा झुन्डिएर आत्महत्या गरेको कन्या माविका शिक्षक अक्कल कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो – “विद्यालयका जेहेन्दार विद्यार्थीले यसरी आत्महत्या गर्दा विद्यालय परिवार दुखित छ ।”

सिम्बोल नं ०७०२५२० की भण्डारीले डी प्लस मा १ दशमलव ३० जिपिए ग्रेड ल्याएकी थिइन् । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस