एनसेल टावरमा आगजनी गर्ने पक्राउ

  • पोखरा न्यूज
  • २०७३ अषाढ ४
एनसेल टावरमा आगजनी गर्ने पक्राउ

पोखरान्युजडटकम, ४ असार –

प्रहरीले एनसेल टावरमा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दिप्लंगा गाविस–९ खोटाङ घर भई भरतपुरमा बसोबास गर्दै आएका ३४ वर्षीय पुरन राई रहेका छन् । भरतपुर उपमहानगरपालिका–६ स्थित धर्मचोकमा गत जेठ ३० गते राति एनसेल टावरमा आगजनी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनलाई आगजनीअन्तर्गत शुक्रबार मुद्दा चलाइएको छ । सो घटनामा संलग्न रहेका अन्य तीन जनाको खोजी कार्य भइरहेको छ ।

राई विप्लव नेतृत्वको नेकपा माओवादी चितवनका सचिवालय सदस्यसमेत रहेको बुझिएको छ । आगजनीबाट टावरमा सामान्य क्षति पुगेको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस