पोखरा, ४ असार –
कास्कीको भरतपोखरीबाट पोखरातर्फ आइरहेको ग १ ख ३४२६ नंको माइक्रोबस आज बिहान पोखरा– १७ को दोबिल्लामा पल्टँदा १५ जना घाइते भएका छन् । तीव्र गतिमा गुडिरहेको सो माइक्रोबस फुस्रे खोलामाथि बनेको पुलमा एक्कासि ब्रेक लगाउँदा सडकभन्दा तीन फि तल खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता गजुसिद्धि वज्राचार्यले जानकारी दिनुभयो ।
दुर्घटनाका घाइतेमध्ये ११ जनाको मनिपाल शिक्षण अस्पताल र चार जनाको नमस्ते अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनामा बस चालक पनि घाइते भएका छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution