पोखरान्युजडटकम, ४ असार –
श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले वैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
सरकारले गतवर्ष असारदेखि नै वैदेशिक रोजगारमा जाने कामदारलाई ‘फ्रि भिसा र फ्रि’ टिकटको व्यवस्था लागू गरे पनि त्यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै उहाँले त्यस्ता ठगी गर्ने मेनपावर सरकारको निगरानीमा रहेको बताउनुभयो ।
रोजगार मन्त्रालय आप्रवासन (सामी) परियोजनाले बुटवलमा आयोजना गरेको गोष्ठीको आज बुटवलमा उद्घाटन गर्दै मन्त्री बोहोराले वैदशिक रोजगारमा जाने कामदारको फारम र रु १० हजार भुक्तानी अनलाइन प्रणालीमा हुने जानकारी दिनुभयो ।
उहाँले मेनपावर सञ्चालकबाट सर्वसाधारणलाई ठगी नियन्त्रण गर्न सरकारले ऐन संशोधन गर्न लागेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा गएर मृत्यु भएका परिवारलाई रु १० लाख र अपाङ्ग भएका व्यक्तिलाई रु पाँच लाख सरकारले दिने र उक्त रकम पीडितले आ–आफ्नो जिल्लाबाट पाउनेछन् मन्त्री बोहोराले भन्नु भयो । उहाँले भन्नुभयो, “मन्त्रालयले नयाँ ६ वटा देशसँग वैदेशिक रोजगारका लागि श्रम सम्झौता गर्ने तयारी गरेको छ । मन्त्रालयका सहसचिव गोविन्द भुर्तेलले नेपालको अर्थतन्त्रमा ३० प्रतिशत योगदान दिने वैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउन ऐन र निर्देशिका संशोधन गरेर कार्यान्वयन हुने चरणमा रहेको बताउनुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले वैदेशिक रोजगारलाई न्यूनीकरण गर्न स्वदेशमै उद्योग धन्दाको विकास हुन जरुरी रहेको बताउनुभयो । गोष्ठीमा १८ जिल्लाका प्रतिनिधि सहभागी छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution