क्षयरोगीको सङ्ख्यामा वृद्धि

पोखरान्युजडटकम, ४ असार –

मोरङको दोस्रो ठूलो सहर उर्लाबारीमा क्षयरोगीको सङ्ख्या बढेको देखिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

गत आवमा ७० जना क्षयरोगी रहेको उर्लाबारीमा चालु आवको जेठ महिनासम्म रोगीको सङ्ख्या तीन जनाले बढेर ७४ पुगेको प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेका क्षयरोग कार्यक्रम संयोजक नारायण श्रेष्ठले बताउनुभयो ।

गत आवमा स्वास्थ्य केन्द्रबाट ७० जना व्यक्तिमा क्षयरोग देखिएको थियो । सत्तरी जना क्षयरोगीमध्ये २९ जनाको रोगको उपचार पूरा भएको थियो भने ३१ जना पूर्णरुपमा स्वस्थ भएका थिए । बाँकी १० जनामध्ये तीन जनाले औषधि सेवन गरी छाडेका, तीन जनाको मृत्यु भएका, तीन जना सम्पर्कविहीन भएका र एक जनामा रोग पूर्णरुपमा देखिएको संयोजक श्रेष्ठले बताउनुभयो ।

चालु आवको पहिलो महिना साउनमा उर्लाबारीमा नयाँ क्षयरोगीको सङ्ख्या छ जना थियो । भदौमा आठ, असोजमा छ, कात्तिकमा आठ, मङ्सिरमा आठ, पुसमा छ, माघमा तीन, फागुनमा पाँच, चैतमा सात, वैशाखमा सात र जेठमा छ जना गरी ७३ जना नयाँ क्षयरोगीले अस्पतालबाट नियमित औषधि लिएको उहाँले जानकारी दिनुभयो ।

उर्लाबारीका ७३ जना क्षयरोगीमध्ये वडा नम्बर १ मा सर्वाधिक १४ जना रहेका छन् भने वडा नम्बर ६ र ४ मा १०÷१० जना र वडा नम्बर ८ मा एक जनामात्र रोगी भेटिएका छन् । बाँकी रोगी अन्य वडामा रहेको स्वास्थ्यकेन्द्र मङ्गलबारेले जनाएको छ । नयाँ क्षयरोगीमध्ये दुई जनाको मृत्यु भएको छ ।

क्षयरोगका बिरामीलाई आठ महिनासम्म तालिम प्राप्त स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि खुवाउने व्यवस्था मिलाइएको र गम्भीर प्रकृतिका बिरामीलाई स्वास्थ्य संस्थामा राखेर औषधि उपचार सेवा दिने गरिएको प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेका प्रमुख डा खड्क लिम्बूले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button