पोखरान्युजडटकम, ४ असार –
म्याग्दीको दाना–२ स्थित रुप्से झरनामा तस्बिर खिच्ने क्रममा लडेर शनिबार एक युवकको मृत्यु भएको छ ।
रुप्से झरनालाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्ने क्रममा भिरबाट लडेर तनहुँको जामुने–७ का २४ वर्षीय सन्तोष घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार साथीसँगै मुस्ताङ घुम्न जान हिँडेका घिमिरे तस्बिर खिच्ने क्रममा चिप्लिएर झरनाको तलाउमा खसेका थिए । उनको शव तलाउ बाहिर अड्किएको छ । प्रहरीका अनुसार घिमिरे एसबिआई बैंकको दमौली शाखाका कर्मचारी हुन् ।
शव रहेको ठाउँसम्म पुग्ने बाटो नभएकाले कठिनाइ भएको छ । नेपाली सेना र प्रहरीको टोलीले शवलाई बाहिर निकाल्ने प्रयास गरेका छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution