
पोखरान्युजडटकम, ४ असार –
पोखराको सहारा क्लवले यस बर्ष बसपार्क वरिपरि क्षेत्रमा पुनः बृक्षारोपण गरेको छ । गत बर्ष पृथ्बीचोक क्षेत्रमा ६० वटा विरुवाहरु रोपेकोमा सर्न नसक्दा क्लवले थप १० वटा बिरुवाहरु पहिलाकै स्थानमा रोपेको क्लवका अध्यक्ष विरभद्र आचार्यले जानकारी दिए । क्लवले वृक्षा रोपण संगै सम्भार र संरक्षणलाई बढि जोड दिएको आचार्यले बताए ।
कास्की क्षेत्र नं ३ का सभासद एवम विकास समितिका सभापति रविन्द्र अधिकारीले तेजपत्ताको बिरुवा रोप्दै सङख्यात्मक ढंगले बृक्षरोपक्ष गर्नु भन्दा कति बिरुवा हुर्काउने भन्ने महत्वपुर्ण भएको बताए । वातावरणको दृष्टिले पनि पोखराको पृथ्बीचोक क्षेत्रमा बृक्षारोपणसंगै स्थानीय बाट संरक्षण हुन सके यसबाट सवैलाई फाईदा पुग्ने उनले जनाए । पोखरा उप–महानगरपालीका कार्यालय वडा नम्बर ९ का सचिव लोकदर्शन कोईरालाले बृक्षारोपणसंगै संरक्षणलाई जोड दिए।

यसै बिच क्लवले पोखरामा सवारी चाप वढे संगै सेती नदीमा रहेको चाईनापुलमा बटुवाहरुले सास्ती खेप्नु परेको भन्दै सुविधाका लागि झोलुङगे पुल निमार्णको माग गरेको छ । क्लवले उक्त पुलको दुवै तर्फको भागमा झोलुङगे पुल निमार्ण गर्न संसदिय विकास समितिका सभापति अधिकारीलाई क्लवले माग पत्र पेश गरेको महासचिव केशवराज बरालले बताए ।





