पोखरान्युजडटकम, ४ असार –
दाङको घोराही नजिकै सेवार खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । घोराही–११ जानकी टोल निवासी १४ वर्षीय अनिल नेपालीको आज पौडी खेल्दै गर्दा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सेवार खोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको कल्भर्टमा डुबेर शनिबार नेपालीको मृत्यु भएको हो । बिहान घरबाट बजार जान्छु भन्दै निस्किएका किशोरको करिब ३ बजेतिर खोेलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा राखिएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution