पानीमा डुबेर किशोरको मृत्यु

पोखरान्युजडटकम, ४ असार –

दाङको घोराही नजिकै सेवार खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । घोराही–११ जानकी टोल निवासी १४ वर्षीय अनिल नेपालीको आज पौडी खेल्दै गर्दा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

सेवार खोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको कल्भर्टमा डुबेर शनिबार नेपालीको मृत्यु भएको हो । बिहान घरबाट बजार जान्छु भन्दै निस्किएका किशोरको करिब ३ बजेतिर खोेलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा राखिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button