पोखरान्युजडटकम, ४ असार –
ताप्लेजुङको खोक्लिङ–३ की राममाया विक तमोर नदीमा एक्कासि हाम फालेर बेपत्ता भएकी छन् ।
खोक्लिङका लक्ष्मी गिरीको खेतमा रोपाइँको काम गर्न गएकी ४६ वर्षीय विक दिउँसो १२ बजे एक्कासि नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रहरीका अनुसार सँगै काम गरिरहेका अन्य साथीलाई छाडेर नदीमा पुगेको र एक्कासि हाम फालेर विक बेपत्ता भएकी हुन् ।
बेपत्ता विक खोक्लिङ–३ का बलबहादुर विककी श्रीमती हुन् । उनको अहिले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । नदीमा हाम फाल्नुको कारण खुलेको छैन । रासस





