पर्यटनको नयाँ प्रोडक्ट ‘मिस टुरिज्म’

पोखरान्युजडटकम, ४ असार –

नेपालमा पहिलोपटक आयोजना हुन गइरहेको मिस टुरिज्मलाई पर्यटनको नयाँ प्रोडक्टका रुपमा विकास गरिनुपर्नेमा जोड दिइएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

‘मिस टुरिज्म–२०१६’ को तयारीबारे आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सहभागी पर्यटन व्यवसायीले मुलुकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता महत्वपूर्ण हुने भन्दै यसलाई गुणस्तरीय व्यवस्थित बनाइनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पूर्ण कुँवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि मिस टुरिजम प्रभावकारी माध्यम हुने भन्दै यसलाई सफल पार्न बोर्डको सहयोग रहने बताउनुभयो । उहाँले मिस टुरिज्मलाई बोर्डको सद्भावना दूत बनाउने विषयमा आवश्यक पहल गर्ने पनि आश्वासन दिनुभयो ।

‘पर्यटनको नयाँ प्रोडक्ट’ का रुपमा आएको मिस पर्यटनलाई पर्यटन प्रवद्र्धनको दरिलो माध्यमका रुपमा विकास गर्न प्रतियोगिता सान्दर्भिक हुने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजालले बताउनुभयो । उहाँले प्रतियोगितालाई स्वास्थ्य, सुन्दर र विवादरहित बनाउन सरोकारवाला निकायको सक्रियता चाहिने खाँचो औँल्याउनुभयो ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष आङ्छिरिङ शेर्पाले मिस टुरिजमलाई पर्यटन क्षेत्रमा नयाँ आयामका रुपमा विकास गरिनुपर्ने बताउनुभयो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया, पर्यटन व्यवसायी राजन सिंखडा र राष्ट्रिय पर्यटन पत्रकार सङ्घ ९नाटोज०का अध्यक्ष शिव अधिकारीले मिस पर्यटनलाई पर्यटकीय प्याकेजका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।

प्वाइन्ट मिडिया प्रालिको आयोजनामा आगामी भदौ २५ गते आयोजना हुने मिस टुरिजमका लागि भोलि आइतबारदेखि देशभर आवेदन खुल्ला गरिनेछ । प्रतियोगितालाई विवादरहित भव्य र सभ्य बनाउन सिङ्गो पर्यटन क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताउनुभयो ।

पर्यटन क्षेत्रको सबैभन्दा लामो र ठूलो इभेन्ट मानिएको मिस टुरिज्म काठमाडौँसहित देशका प्रमुख पर्यटकीय गन्तव्यमा अडिसन लिइने र काठमाडौँमा अन्तिम प्रतिस्पर्धा गराइनेछ ।

मिस टुरिज्मलाई स्कुटर, फस्ट रनर अपलाई नगद रु ३० हजार र सेकेन्ड रनर अपलाई रु २० हजार प्रदान गरिनुका साथै मिस टुरिज्मलाई पर्यटन प्रवद्र्धन र विकासमा सक्रिय गराइने आयोजकले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button