खप्तडमा पर्यटकका लागि चाहिने पूर्वाधारको अभाव

पोखरान्युजडटकम, ५ असार –

धर्तीको स्वर्गका रुपमा परिचित पर्यटकीय क्षेत्र खप्तडमा पर्यटकका लागि बस्ने, खानेलगायतका समस्या रहेको खप्तडको भ्रमण गरी फर्केकाहरुले बताएका छन्।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

शनिबार आयोजित छलफल कार्यक्रममा खप्तडको भ्रमण गरी फर्कनुभएका पूर्व मुख्य सचिव लीलामणि पौडेलले प्राकृतिक रुपमा रमणीय क्षेत्र रहे पनि खप्तडमा जाने पर्यटकको खाने, बस्ने, सडक यातायात, सुरक्षा, सञ्चारलगायतका असुविधा रहेको अनुभव सुनाउनुभयो । “केवल पाटीपौवा बनाएर मात्र हुँदैन, पौडेलले भन्नुभयो –चाहिने सबै पूर्वाधार बनाउन जुट्नुपर्छ ।”

कार्यक्रममा खप्तडको भ्रमण टोलीमा सहभागी वक्ताहरुले भावनात्मक रुपमा आन्तरिक पर्यटक खप्तड पुग्ने गरे पनि चाहिने सबै पूर्वाधार नजुटेका कारण विदेशी पर्यटक जान नसकिरहेको धारणा राख्नु भयो ।

कैलाली उद्योग वाणिज्य सङ्घ र नेपाल टुर्स एण्ड ट्राभल्स एसोसिएसन (नाटा)द्वारा आयोजित छलफल कार्यक्रमका सहभागीहरुले खप्तड क्षेत्र गल्फ, योगालगायतका लागि पनि उपयुक्त क्षेत्र हुन सक्ने बताएका थिए ।

सरकारले खप्तड पर्यटन विकास समिति गठन गरेको भए पनि यो समितिले प्रभावकारी रुपमा काम गर्न नसकेको स्थानीय पर्यटन व्यवसायीहरुको गुनासो रहेको छ ।

सुदूरपश्चिमको डोटी, बझाङ, बाजुरा र अछाम जिल्लाको सीमा क्षेत्रमा पर्ने खप्तडमा गङ्गा दशहराको अवसरमा बर्सेनि ठूलो मेला लाग्ने गर्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button