पोखरान्युजडटकम, ५ असार –
अत्यधिक मदिरा सेवनबाट आज बिहान महोत्तरीमा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको सहसौला गाविस–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र गौशाला नगरपालिका–७ का पञ्च मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गएराति १० बजेसम्म सहसौला चोकमा अवस्थित विनोद महराको मदिरा पसलमा मदिरा पिएर घर गएका उनीहरुको आज बिहान २ बजेदेखि ४ बजेको बीचमा घरमै मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
यसैबीच सोही मदिरा पिएर औरही गाविस–३ का बद्री मल्लिक र मदिरा पसले विनोद महरा पनि सिकिस्त बिरामी भएकामा मल्लिकको उपचार इलाका हेल्थ पोष्ट रामगोपालपुरमा भइरहेको छ भने महरालाई परिवारजनले उपचारका लागि जिल्ला बाहिर लगेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।
मृतकहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल, जलेश्वरमा ल्याउने तयारी भइरहेको छ भने प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution