उन्नाइस वर्षमा पनि बनेन रङ्गशाला

पोखरान्युजडटकम, ५ असार –

जग्गा खरिद गरेको १९ वर्ष बित्न लाग्दासमेत मोरङको वैजनाथपुरमा रङ्गशाला बन्न नसक्दा खेलाडीलाई समस्या भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सुविधासम्पन्न अत्याधुनिक क्षेत्रीय रङ्गशाला निर्माण गर्ने उद्देश्यले खेलकुद मन्त्रालयले मोरङको वैजनाथपुरमा २०५५ सालमा रु ८५ लाखमा १५ बिगाहा १५ धुर जग्गा खरिद गरेको थियो ।

पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय सचिव टङ्कप्रसाद कट्टेलका अनुसार ०६५-६६ मा जग्गा घेराबारका लागि आएको रु ६८ लाख ८५ हजार बजेटबाट त्यहाँ कम्पाउन्ड वाल र एकतले कार्यालय भवन निर्माण गरिएको छ ।

त्यस्तै ०६९-७० र ०७०-७१ मा क्रिकेट पिच र तारजालीका लागि परिषद्बाटै ठेक्का लागेर निर्माणकार्य सम्पन्न गरिएको छ । आव ०७१-७२ मा प्याराफिट निर्माणका लागि रु १० लाख, त्यस्तै ०७२-७३ मा पुनः क्रिकेट पिच, कम्पाउन्ड वाल बनाउन भन्दै रु ४० लाख बजेट आएको छ । तर यति धेरै बजेट आउँदासमेत जग्गा खरिद गरिएको १९ वर्ष लागिसक्दासमेत त्यहाँ कुनै एउटा खेल खेलाउने अवस्थासम्म पनि सिर्जना भएको छैन ।

कार्यालय सचिव कट्टेलका अनुसार वैजनाथपुर रङ्गशालामा अहिलेसम्म क्रिकेट पिच निर्माण गरी तारजालीले घेर्ने, १५ मिटरको प्याराफिट निर्माण, एकतले कार्यालय भवन निर्माणलगायतका कार्य गरिएको छ । जसका लागि परिषद्ले विभिन्न चरणमा गरी लगभग रु दुई करोडभन्दा बढी रकम खर्च गरिसकेको छ । हाल उक्त स्थानमा रु १८ लाखको लागतमा सुटिङ हलको समेत निर्माणकार्य सुरु भएको छ ।

मास्टर प्लानअनुसार यस मैदानमा क्रिकेट पिच, कबड्डी मैदान, कभर्ड हल, स्विमिङ पुल, हक्की, बास्केटबल, टेनिस, भलिबल, सफ्ट टेनिस, सुटिङ हललगायतका खेल खेलाउन मिल्ने गरी भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ । साथै चिल्डे«ेन पार्क, चमेना गृह, स्विमिङ पुल र कार्यालय भवनसमेत निर्माण गर्ने योजना बनाइएको छ ।

पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रवीन नगरकोटीका अनुसार विराटनगरस्थित सहिद रङ्गशालालाई अभ्यास गर्ने मैदानका रुपमा मात्रै प्रयोग हुने गरी वैजनाथपुरको रङ्गशालामा पूर्वाधार निर्माण गर्नुपर्ने छ ।

तर बजेट नै आवको अन्त्य हुने समयमा पठाउने सरकारको परिपाटीले कतिपय अवस्थामा काम नै नभई बजेट फ्रिज हुने गरेकाले रङ्गशाला निर्माण गर्न समस्या हुने गरेको कार्यालय सचिव कट्टेलको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button