माटोको ढिस्कोले पुरिएर मृत्यु

  • पोखरा न्यूज
  • २०७३ अषाढ ५
Post Thumbnail

पोखरान्युजडटकम, ५ असार –

बैतडीको महारुद्र–२ खडितालमा माटोको ढिस्कोले पुरिएर शनिबार बेलुका एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार ज्यान जानेमा महारुद्र–३ का ६८ वर्षीय भवानीदत्त पन्त रहेका छन् । पन्तको ढुङ्गा खानीमा काम गरिरहेका बेला माथिबाट आएको माटोको ढिस्कोले पुरिएर ज्यान गएको बताइएको छ । पन्तलाई स्थानीयवासीले माटोको ढिस्कोमा पुरिएर मृत अवस्थामा निकालेका थिए ।

प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस