पोखरान्युजडटकम, ५ असार –
मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा सप्तरी प्रहरीले राजविराज नगरपालिका–४ निवासी ४७ वर्षीय यसवन्त सिंहलाई पक्राउ गरेको छ ।
सिंहले २०७१ साल फागुन ३ गते सप्तरीको बथनाहा गाविसकी यादव थरकी महिलालाई भारतको दरभङ्गा लगेर बेचबिखन गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । । पक्राउ परेका सिंह नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व गजेन्द्रनारायण सिंहका भतिजा हुन् ।
विसं २०७१ फागुन २५ गते यादवका परिवारले जिल्ला प्रहरी कार्यालय र पुनरावेदन अदालत राजविराजमा दिएको जाहेरीका आधारमा सिंहलाई पक्राउ गरिएको सप्तरीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । पक्राउ परेका सिंहविरुद्ध थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका सिंहविरुद्ध केही महिना अगाडि सप्तरीका पत्रकार विष्णुकुमार मण्डलको घरको पर्खाल जबर्जस्ती भत्काएको आरोपसमेत रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution