पोखरान्युजडटकम, ५ असार –
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको वरिपरिको क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएपछि असी हजार जनसङ्ख्या लाभान्वित हुने भएका छन् ।
नेपाल सरकारको निर्णयानुसार चैतमा राजपत्रमा सूचना प्रकाशन गरेपछि सो क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो । निकुञ्ज वरिपरिको ११८ किमी क्षेत्रफलको स्थान मध्यवर्ती क्षेत्रमा समेटिएकोे छ । हाल नेपालमा १३ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सूचना अधिकारी नारायण रुपाखेतीले मध्यवर्ती क्षेत्र राष्ट्रिय निकुञ्ज छेउमा जोडिएको वनबाट जनताले घाँस दाउरा लगायत सुविधा पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय निकुञ्ज संरक्षण गर्ने र त्यसको सुविधा पनि नागरिकले नै प्रयोग गर्न पाउँछन् ।” निकुञ्जको काठ दाउरा जोगिनाका साथै त्यहाँका दुर्लभ वन्यजन्तु समेत संरक्षण हुने रुपाखेतीले बताउनुभयो ।
ठूलो काठ दाउराको प्रयोग गर्नुपरे राष्ट्रिय निकुञ्जसँर्ग र सानो काठका लागि मध्यवर्ती क्षेत्रको समितिले निर्णय गर्नुपर्ने हुन्छ । उहाँले खड्खडैया ९वर्षको एक पटक राष्ट्रिय निकुञ्जको घाँस दाउरा उपयोग व्यवस्था० लाई खुला हुँदा रु दश तिरेर प्रयोग गर्न पाइने भएकाले जनता लाभान्वित हुने बताउनुभयो । यस्तै निकुञ्जले आम्दानीको केही प्रतिशत स्थानीयवासीलाई संरक्षणमा सहयोग पुरयाएबापत दिने समेत गरेको रुपाखेती बताउनुुहुन्छ ।
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रले काठमाडौँ, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकका सात नगरपालिका, १० गाविस र ५३ वडालाई समेटेको र त्यसबाट १४ हजार ५५८ घरधुरीका ७९ हजार ७७६ जनसङ्ख्या लाभान्वित हुने विभागले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution