पोखरान्युजडटकम, ५ असार –
कानुनमन्त्री अग्नि खरेलले नयाँ संविधानलाई कार्यान्वयनमा ल्याउन हालै मन्त्रिपरिषद्द्वारा पारित कार्ययोजनाबारे आज बसेको व्यवस्थापिका–संसदको बैठकलाई जानकारी गराउनुभयो ।
उहाँले संविधान कार्यान्वयनका लागि ३१५ वटा ऐनमा संशोधन आवश्यक भएकामा १९३ वटाको संशोधन प्रस्ताव सदनमा प्रस्तुत गर्ने तयारी भइरहेको र अहिलेसम्म १४ विधेयक पारित भई लागू समेत भइसकेको बताउनुभयो । संविधान कार्यान्वयन गर्न नयाँ १३८ ऐन समेत निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।उहाँले भन्नुभयो – “संविधान कार्यान्वयन गर्ने दायित्व सबैको हो । यसमा सहयोग गर्न म सबैसँग आग्रह गर्दछु ।” रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution