सात सय कृषकलाई अनुदान वितरण

 

पोखरान्युजडटकम, ६ असार –

जिल्ला कृषि विकास कार्यालय मोरङले धान उत्पादन कार्यक्रमअन्तर्गत अनुदानबापतको रकम वितरण गर्न सुरु गरेको छ ।

एसआरआइ प्रविधिबाट चैते धान लगाउने ७३१ जना कृषकलाई कार्यालयले अनुदानबापतको रकम वितरण गरेको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ ।

एसआरआइ प्रविधिबाट चैते धान लगाउने किसानलाई प्रतिहेक्टर रु पाँच हजार नगद प्रदान गरिएको कृषि विकास कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो । त्यसैगरी यसअघि बीउमा ५० प्रतिशत अनुदान, धान गोड्ने मेसिन र अनुदानमा ४० जनालाई पावर ट्रेलर उपलब्ध गराई सकिएको कार्यालय प्रमुख उप्रेतीको भनाइ छ ।

सो कार्यालयले मोरङको बेलबारी, मधुमल्ला, उर्लाबारी, पथरी शनिश्चरे, इटहरा, राजघाट, डाँगीहाटलगायतका क्षेत्रका कृषकलाई अनुदानबापत रकम वितरण गरेको हो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button