चैते धानको उत्पादन बढ्यो

पोखरान्युजडटकम, ६ असार –

झापामा यस वर्ष चैते धानको उत्पादन बढेको छ ।

जिल्लामा चैते धान हल्दिनाथको उत्पादन परीक्षण गर्दा एक बिगाहामा १२८ मन फलेको वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिनुभयो । अहिले चैते धान अहिले भित्र्याउने बेला भएको छ ।

किसानले बजार मूल्य राम्रो नपाएपछि घरमा भण्डारण गर्न समस्या भएको छ । उत्पादन गरेको धान घरमा कुहिने समस्याले कृषक चिन्तित बनेका छन् । यस वर्ष जिल्लामा १९ हजार सात सय हेक्टर जग्गामा चैते धान लगाइएको छ भने औषत उत्पादकत्व ४।६ मेट्रिक टन रहेको छ । यसैगरी, धानका निम्ति सुपर जोन मानिएको झापामा कृषि यान्त्रिकीकरण पनि बढ्न थालेको छ । यस वर्ष कार्यालयको अनुदान सहयोगमा धान रोप्ने मेसिन दुई थान र धान काट्ने मेसिन रिपर छ थान तथा ट्र्याक्टरमा जडान भएको रिपर १३ थान वितरण गरिएको इन्जिनियर प्रकाश खतिवडाले जानकारी दिनुभयो ।

यस्तै सामुदायिक व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजनाबाट धान रोप्ने मेसिन र पावर टिलर एक÷एक थान तथा धानको बीउ राख्ने ट्रे एक हजार एक सय थान निःशुल्क वितरण गरिएको बताइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button