काठमाडौँ, ६ असार –
नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) सँग एकता हुन नसक्ने बताउनुभएको छ ।
पार्टीको राष्ट्रिय भेलाको यहाँ आज उद्घाटन गर्दै अध्यक्ष वैद्यले माओवादी दलहरुसँग कथित एकताका नाममा आफ्नो विचार, पार्टी र बचेको क्रान्तिकारी धारलाई ध्वस्त पार्न खोजिएको आरोप लगाउनुभयो । मुलुकमा क्रान्ति अझै नसकिएको देश र जनताको मुक्तिका लागि जनवादी क्रान्ति आवश्यक रहेकामा वैद्यले जोड दिनुभयो ।
पार्टीका नेता सिपी गजुरेलले ‘पार्टीको भावी कार्यदिशा’बारे प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अब एकता, सङ्घर्ष र रुपान्तरणका बीचबाट अगाडि बढ्ने बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution