एक सय ९५ घरधुरी पहिरोको उच्च जोखिममा

  • पोखरा न्यूज
  • २०७३ अषाढ ७
एक सय ९५ घरधुरी पहिरोको उच्च जोखिममा

पोखरान्युजडटकम, ७ असार –

पश्चिम म्याग्दीको मुना र ओखरबोट गाविसमा पर्ने दर र जुगेपानी गाउँका १९५ घर पहिरोको उच्च जोखिमा परेका छन् ।

भिरालो जमिन, भूमिगत पानी र कमेरो माटोका कारण दरका १०५ र जुगेपानीका ९० घरधुरी पहिरोको उच्च जोखिममा परेका हुन् । जिल्ला सदरमुकाम बेनीदेखि एकदिनको पैदलदूरीमा पर्ने यी दुई गाविस पहिरोबाट बर्सेनि प्रभावित हुँदै आएका छन् । पहिरो जाँदा गत वर्ष जुगेपानीका एक दर्जन परिवार पूर्णरुपमा विस्थापित भएका थिए ।

मुना गाविसका वडा नं–७, ८ र ९ मा पर्ने दरमा बस्ती माथिबाट पहिरो खस्न थालेपछि बर्खा कसरी कटाउने भन्ने चिन्ता बढेको स्थानीय बलसिंह बूढाले बताउनुभयो । “एक वर्षदेखि जमिन चिराचिरा पर्न थालेको हो, भिरालो पाखो हुँदै बस्तीमाथि आएर पानी एकत्रित हुन्छ”, बूढाले भन्नुभयो, “कतिबेला पूरै भाग खसेर गाउँ नै पुर्ने हो भन्ने डर छ ।”

पहिरोका कारण सूर्यज्योति प्रावि उच्च जोखिममा छ । विद्यालयमा करिब १०० विद्यार्थी अध्ययन गरिरहेका छन् । “पानी परयो भने गाउँले सबैले घर छाडेर अलि वर डाँडामा आएर बस्ने गरेका छौँ, हिउँदमा खासै डर भएन” बूढाले भन्नुभयोे, “हामीलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाइदिनुपरयो ।” ओखरबोट–८ र ९ मा पर्ने जुगेपानीमा १०५ घरधुरीमध्ये ९० घर पहिरोको उच्च जोखिममा रहेको गाविस सचिव रमाकान्त घिमिरेले जानकारी दिनुभयो ।

“गत वर्षदेखि नै धाँजा फाटेर जोखिम मोलेर स्थानीय बसिरहेका छन्, पानी पर्न थालेपछि उनीहरुलाई कहाँ गएर ज्यान जोगाउने भन्ने चिन्ता हुन्छ” सचिव घिमिरेको भनाइ थियो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस