मासु खाँदा बीस बिरामी

पोखरान्युजडटकम, ७ असार –

कञ्चनपुरको झलारीपिपलाडी नगरपालिकामा मरेको खसीको मासु खाँदा २० जना बिरामी भएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बिरामीमध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । सोमबार नगरपालिका–८ फुलेलीका दिलबहादुर ऐरले स्थानीयवासीलाई झुक्याएर मरेको खसीको मासु बिक्री गरेको र सोही मासु खाँदा स्थानीयवासी बिरामी परेको इलाका प्रहरी कार्यालय झलारीका सहायक प्रहरी निरीक्षक गणेश धामीले जानकारी दिनुभयो ।

“प्रतिकिलो रु दुई सयका दरले गाउँमा मासु बेचेको रहेछ”, प्रहरी सहायक निरीक्षक धामीले भन्नुभयो, “गाउँलेहरु बिरामी परेपछि मरेको खसीको मासु बेचेछ भन्ने थाहा भयो ।” बिरामी परेकामध्ये सात वर्षीया पवित्रा जोशी र आठ वर्षीय भुवनराज जोशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पवित्राकी आमा ३२ वर्षीया गौरी पनि मासु खाँदा बिरामी परेकी छन् । “सोह्र जनाको झलारी बजारका स्थानीय स्वास्थ्य संस्थामा उपचार हुँदैछ”, धामीले भन्नुभयो, “चार जना उपचारपछि घर फर्किसकेका छन् ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button