पोखरान्युजडटकम, ७ असार –
गए रातिदेखि लगातार परेको वर्षाका कारण १०० घरभन्दा बढी डुबानमा परेका छन् ।
भद्रपुर– ५ र ७ वडाको बस्तीमा पानी जमेर डुबानमा परेको परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हाल जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टरको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयवासीले डुबानमा परेकालाई उद्धार गरिरहेका छन् । जथाभाबी गरिएको जग्गा प्लटिङ र अव्यवस्थित ढल निकासका कारण ती बस्तीमा पानी जमेको स्थानीयवासीको आरोप छ ।
यसैबीच रतुवा खोलामा आएको बाढीले दमक–१ का राजकुमार राईलाई बगाएकामा स्थानीयवासी र प्रहरीले उनलाई उद्धार गरेर आम्दा अस्पताल दमकमा पुरयाएका छन् । यसैगरी दमक नगरपालिका–९ लखनपुरमा पनि रतुवा खोलाको पानी पसेर छ घर जोखिममा परेको प्रहरीले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution