पोखरान्युजडटकम, ७ असार –
दोश्रो एकता बुक्स अन्तर बिद्यालय छात्र-छात्रा ह्याण्डवल प्रतियोगितामा मंगलबार पनि पोखरामा पहिलो चरणका खेलहरु जारि रहेका छन ।
आज सम्पन्न छात्रा तर्फको खेलमा माउन्ट अन्नपुर्ण उच्च मावी, गण्डकी उच्च मावी, लिटिल स्टेप, ज्ञान ज्योती, पोखरा लनर्स, पोखरा एकाडेमी, गुरुकुल, जनप्रिय र सोसियल पव्लिकले जित दर्ता गरेका छन ।
शसस्त्र प्रहरी कालिका गणको खेल मैदानमा जारि छात्र तर्फको खेलमा प्रतियोगितामा माउन्ट अन्नपुर्ण उच्च मावी, कुमुदिनी होम्स, रेन्वो एकाडेमी, गण्डकी उच्च मावी, चिल्ड्रेन एकाडेमी, कान्तीपुर पोखरा लनर्स, सरस्वती, लिटिल स्टेप शैनिक आ.महविद्यालय र सोसियल पव्लिकले आ–आफ्ना खेलमा जित दर्ता गरे । विद्यालय ह्याण्डबल संघका सचिव खिम गुरुङ्गका अनुसार बुधवार मध्यान्न सम्म लिग चरणका खेल हरु सम्पन्न हुने र क्वाटर फाइनलका खेलहरु संचालन हुनेछन ।
ह्याण्डवल खेलको बिद्यालय स्तरबाटै विकास र विस्तार गर्ने उद्धेश्यले जुन २३ अर्थात अन्तराष्ट्रिय ओलम्पिक दिवस तथा अन्तराष्ट्रिय ह्याण्डवल दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गरीएको संघ कास्कीका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक असोक साहीले बताएका छन । प्रतियोगितामा कास्की जिल्लाका निजी तथा सामुदायिक बिद्यालयका छात्र तर्फ १७ र छात्रा तर्फ १६ टिमको सहभागिता रहेको संघका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । विजेता टिमलाई १० हजार, उप विजेतालाई ५ हजार र तेश्रो हुनेलाई ३ हजार साथमा ट्रफी, मेडल र प्रमाण–पत्र वितरण गरीने भएको छ ।
शसस्त्र प्रहरी कालिका गणको खेल मैदानमा चार दिन सम्म संचालन हुने प्रतियोगिता सम्पन्न गर्न करीब २ लाख ७० हजार खर्च लाग्ने भएको कास्कीका सचिव गुरुङले बताए ।प्रतियोगितामा लिग र नक आउट चरण गरि कुल ६८ खेलहरु हुनेछन । प्रतियोगिता कास्की जिल्ला बिद्यालय ह्याण्डवल संघको आयोजना, नेपाल ह्याण्डवल संघको तत्वावधान, नेपाल ओलम्पिक कमिटिको बिषेश सहयोगमा, एकता बुक्स डिष्ट्रिब्युटर्स काठमाण्डौंको मुख्य प्रायोजन भएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution