अफगानिस्तानबाट इच्छुक नेपालीलाई स्वदेश फिर्ता गरिने

पोखरान्युजडटकम, ७ असार –

अफगानिस्तानको राजधानी काबुलमा आत्माघाती बम विस्फोटमा परी १२ जना नेपालीको ज्यान गएपछि नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई स्वदेश आउन चाहेमा ल्याउने व्यवस्था गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सरकारले अफगानिस्तानको काबुलमा बम विस्फोटन भएपछि असुरक्षित रहेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गरेको हो । काबुलमा आत्मघाती बम विस्फोटमा मृत भएका नेपालीको शव र घाइते लिने जाने जहाजसँगै नेपाल फर्कन इच्छुकलाई पनि ल्याउने व्यवस्था गरिएको आज यहाँ आयोजित पत्रकारसम्मेलनमा श्रम तथा रोगजार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलले जानकारी गराउनुभयो ।

उहाँका अनुसार सरकारले काबुल घटनाका मृतकको शव ल्याउनका लागि नेपाल वायु सेवा नियमको जहाज आज राति १० बजे पठाउन थालेको छ । “शव र घाइते लिन जाने जहाजमै राखेर हामीले फर्कन चाहने इच्छुक नेपालीलाई स्वेदश फर्काउन प्रबन्ध पनि मिलाएका छाँ”, उहाँले भन्नुभयो, “यही आउने चाहने इच्छुकलाई जहाजमै राखेर ल्याउँछौँ ।”

सहसचिवसमेत रहेका भूर्तेलले शव र घाइते तथा इच्छुक स्वदेश फर्कन चाहनेलाई फर्काउन बन्दोबस्त गर्न पाकिस्तानस्थित नेपाली कार्यवाहक राजदूतलाई खटाइएको जानकारी गराउनुभयो । “कार्यवाहक राजदूतलाई मङ्गलबार बिहानैदेखि हामीले अफगानिस्तान खटाएका छौँ”, भूर्तेलले भन्नुभयो, “उहाँसँगै नै अफगानिस्तानमा रहेका नेपालीले समन्वय गरेर जहाजमा फर्कन सक्नेछन् ।”

सोमबार काबुलमा आत्मघाती बम विस्फोटनमा १२ नेपालीसहित १४ जनाको ज्यान गएको थियो भने सातजना नेपाली घाइते भएका छन् ।

वैदशिक रोजगार विभागमा महानिर्देशक शत्रुघ्न पुडासैनीले अफगानिस्तानमा असुरक्षित भएकाले व्यक्तिगत श्रम स्वीकृत नदिएको भन्दै कतिपय बाहिरी मुलुकबाट गएका छन् भन्नुभयो । उहाँका ‘ग्रिन जोन’ क्षेत्रमा संयुक्त राष्ट्र सङ्घ र विदेशी कूटनीतिक नियोगमा सुरक्षाकर्मीका लागि मात्र पाकिस्तानस्थित नेपाली राजदूतले माग गरे मात्र श्रम स्वीकृति दिने गरेको बताउनुभयो । उहाँका अनुसार अहिले संस्थागत र व्यक्तिगत गरी पाँच हजार २९१ जना श्रमस्वीकृत लिएर अफगानिस्तानमा सुरक्षाकर्मीका रुपमा काम गरेका छन् ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बिमल ढकालले अवैधानिक रुपमा वैदेशिक रोजगारमा पठाउनेलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल लोकतान्त्रिक वैदेशिक फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेले फितलो कानुन र भारतसँगको खुला सिमानाका कारण दलालहरुले भारत, दुवई र श्रीलङ्काबाट अवैधानिक रुपमा अफगानिस्तानमा ठूलो सङ्ख्यामा नेपाली वैदेशिक रोजगारमा पठाएका छन् भन्नुभयो ।

सरकारले अफगानिस्तानसहित ११० देशमा श्रम स्वीकृत दिने गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button