पोखरान्युजडटकम, ७ असार –
इलामको पशुपतिनगर–४ फाटकबाट प्रहरीले १८ किलो चरेससहित तीन जना युवकलाई आज बिहान पक्राउ गरेको छ ।
डब्लुबी ७६-७४६६ नम्बरका भारतीय टाटासुमो गाडीबाट १८ किलो लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा धादिङ सेर्तुङ–२ का ३५ वर्षीय बुद्धिलाल तामाङ, रूपन्देही गजेडी–७ का होमबहादुर पुन र टाटा सुमो चालक भारत दार्जिलिङस्थित सुकिया पोखरीका मिलन भनिने टासी शेर्पा छन् ।
उनीहरूबाट प्रहरीले भारतीय एक हजार दरका २० थान, पाँच सय दरका ५३ थान र नेपाली एक हजारको ७० थान नोट समेत बरामद गरेको छ । पक्राउ गरिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution