अध्यक्ष दाहालको अष्ट्रेलिया भ्रमण स्थगित

पोखरान्युजडटकम, ८ असार –

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आजबाट गर्न लाग्नुभएको अष्ट्रेलिया भ्रमण अन्तिम समयमा आएर स्थगित गर्नुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अधिवेशनलाई उद्घाटन गर्न आज त्यसतर्फ जान लाग्नुभएका अध्यक्ष दाहालले पार्टी काम तथा राष्ट्रिय मुद्दामा नै केन्द्रित हुनुपर्ने भएकाले भ्रमण स्थगित गर्नुभएको हो ।

अध्यक्ष दाहालको सचिवालयका अनुसार सदनमा प्रस्तुत भएको बजेट पारित गर्नुपर्ने तथा पार्टी काममा नै व्यस्त हुनुपर्ने भएकाले भ्रमण स्थगित भएको हो ।

अन्तिम समयमा आएर भ्रमण स्थगित भए पनि जनप्रगतिशील मञ्चको कार्यक्रममा भने माओवादी केन्द्रको विदेश विभागका सदस्यले सहभागिता जनाउने बताइएको छ । आजै अध्यक्ष दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button