पोखरान्युजडटकम, ८ असार –
प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउँदै अवाञ्छित एवम् आपराधिक गतिविधि रोकथाम गर्न जिल्ला प्रहरी कार्यालय कैलालीले ‘प्रहरी मेरो साथी‘ नामको अभियान थालेको छ ।
कार्यक्रमअन्तर्गत केही दिनदेखि विभिन्न सडक, पाटी–पौवा सार्वजनिकस्थललगायतका क्षेत्रको सरसफाइ कार्यक्रम, सामाजिक काममा ज्येष्ठ नागरिकको सहभागिता, विपद्बाट जोगाउन जनचेतनामूलक कार्यक्रम, मावि र उच्च माविमा अध्यनरत विद्यार्थीका लागि लागूऔषध, मध्यपानविरुद्धको चेतानामूलकलगायतका कार्यक्रम गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । समाजमा शान्ति सुव्यवस्था, अपराध न्यूनीकरणमा प्रहरीको एक्लो प्रयास प्रर्याप्त नहुने र यसमा नागरिकको सहयोग आवश्यक रहेको महसुस गरी यो अभियान सुरु गरिएको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो ।
सामाजिक सञ्जालको जथाभावी प्रयोगका कारण पछिल्लोपटक समाजमा विभिन्न आपराधिक गतिविधि बढेको जानकारी दिँदै उहाँले यसका प्रयोगकर्तालाई जथाभावी फेसबुक एकाउन्ट नखोल्न, व्यक्तिगत विवरण सार्वजनिक नगर्न, नचिनेका मानिसलाई साथी नबनाउन आग्रह गर्नुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution