लमजुङमा पनि नक्कली डाक्टर

 

पोखरान्युजडटकम, ८ असार –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

लमजुङमा एक डाक्टर अस्पतालबाटै पक्राउ परेका छन् ।

प्रहरीले पूर्वी लमजुङको राइनास नगरपालिकास्थित एक अस्पतालबाट नक्कली प्रमाणपत्रधारी आरोपमा शिवराम श्रीमललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक कमलबहादुर रजौरेका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तयार पारेको नक्कली डाक्टरको सूचीमा रहेका उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङमा ल्याइएका उनले वीर अस्पतालबाट एमडी र काठमाडौँ मेडिकल कलेजबाट एमबिबीएस गरेको बताए । “आइएस्सी भारतको विहार विश्वविद्यालयअन्तर्गत जेपीएल कलेजबाट गरेको हुँ ।” श्रीमलले भने, “मैले यसअघि तीनचार जिल्लामा रहेर काम गरिसकेको छु ।”

आफू निर्दोष रहेकाले आफूमाथि परेको उजुरीका बारेमा थाहा नभएको उनले बताए । उनी राइनास नगरपालिका–३, धमिलिकुवामा रहेको सहोदर अस्पताल प्रालिका सञ्चालक हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button