पोखरान्युजडटकम, ८ असार –
सर्पदंशबाट कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा आज एक जनाको मृत्यु भएको छ ।
झलारी पिपलाडी नगरपालिका–११ अमरपुरका ५८ वर्षीय अमरसिंह कामीलाई सर्पले टोकेपछि उपचारार्थ धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
स्थानीय समाजसेवी दिलबहादुर बुढाका अनुसार अजुर्नीमा उपचारका लागि औषधि अभाव भएकाले धनगढी लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । रासस





