एलआइसी नेपालद्धारा दाबी रकम भुक्तानी

  • पोखरा न्यूज
  • २०७३ अषाढ ८
एलआइसी नेपालद्धारा दाबी रकम भुक्तानी

पोखरा, ८ असार –

लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले विमाको दाबी रकम भुक्तानी गरेको छ । पोखरा शाखाबाट विमा गरेका लेखनाथ १२ कास्की निवासी स्वर्गीय दलबहादुर विककी धर्मपत्नी माया देवि विक खड्कालाई एलआईसी नेपालले मुत्यु दावी रकम भुक्तानी गरेको हो ।

पोखरा शाखा कार्यालयमा एक कार्यक्रमका विच कम्पनिका शाखा प्रमुख सोन आले मगरले जीवन विमा मुत्यु दावीको रकम ३७ लाख ७९ हजार ५ सयको चेक खड्कालाई हस्तान्तरण गरेका हुन । दलबहादुरले एक बर्ष अघि १० लाखको विमा गरेका थिए भने ६ महिना अघि मात्र २५ लाखको जीवन विमा कम्पनीका अधिकृत अभिकर्ता यादव कुमार श्रेष्ठसंग गरी प्रथम किस्ता दुवै पोलिसीको एक मुष्ट २ लाख ४५ हजार कम्पनीलाई बुझाएका हुन ।

दलबहादुर अचानक विरामी भई उपचारकै क्रममा हालै मृत्यु भएकोले उनको परिवारलाई कम्पनीले विमा गरे वापत मृत्यु दावी रकम भुक्तानी गरेको हो । दलबहादुरको निधन पछि उनको परिवारलाई उक्त विमा रकमले केहि हदसम्म भए पनि आर्थिक रुपमा रहात मिलेको कम्पनीको दाबी छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस