पोखरान्युजडटकम, ८ असार –
दोश्रो एकता बुक्स अन्तर बिद्यालय छात्र÷छात्रा ह्याण्डवल प्रतियोगित अन्तर्गत बुधवार दोश्रो चरणका खेलहरु सम्पन्न भएका छन ।
आज सम्पन्न छात्र तर्फको खेलमा लिटिल स्टेपले चिल्ड्रेन एकाडेमीलाई १४–१२ गोल अन्तरले पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरेको छ । त्यसै गरि अर्को खेलमा मउन्ट अन्नपुर्णले गण्डकी वोर्डिङ्गलाई १४–१०, शैनिक महा विद्यालयले सरस्वती लाई ११–६ र सोसियल पव्लिकले जनप्रियलाई १०– ६ को गोल अन्तरले पराजित गर्दे सेमिफाइनलमा स्थान पक्का गरेको छन । फाइनल यात्रा तय गर्नका लागि शैनिकले लिटिल स्टेप तथा माउन्ट अन्नपुर्णले सोसियल पव्लिक संग भिडने छन ।
यसै गरि छात्रा तर्फको खेलमा माउन्ट अन्नपुर्ण उच्च मावीले पोखरा एकडेमीलाई ४–३ ले लिटिल स्टेपले जनप्रिय लाई ९–४ ले गण्डकीले सरस्वतीलाई ४–२ र ज्ञानज्योतीले सोसियललाई ९–२ को गोल अन्तरले पाखा लगाउँदै सेमीफाइनलमा प्रवेश गरेका छन । विहिवार हुने सेमीफाइनलमा छात्रा तर्फ गण्डकी ले माउन्ट अन्नपुर्ण संग र लिटिल स्टेपले ज्ञान ज्योती संगको भेट पक्का गरेका छन ।
विद्यालय ह्याण्डबल संघका सचिव खिम गुरुङ्गले विहिवार विहान सेमिफाइनल र दिउसो १ वजे वाट फाइनल खेल तथा समापन कार्यक्रम हुने वताएका छन । ह्याण्डवल खेलको बिद्यालयस्तरबाटै विकास र विस्तार गर्ने उद्धेश्यले जुन २३ अर्थात अन्तर्राष्ट्रिय ओलम्पिक दिवस तथा अन्तर्राष्ट्रिय ह्याण्डवल दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गरीएको हो । प्रतियोगितामा कास्की जिल्लाका निजी तथा सामुदायिक बिद्यालयका छात्रतर्फ १७ र छात्रा तर्फ १६ टिमको सहभागिता रहेको छ । विजेता टिमलाई १० हजार, उपविजेतालाई ५ हजार र तेश्रो हुनेलाई ३ हजार साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरीने छ ।
प्रतियोगिता कास्की जिल्ला बिद्यालय ह्याण्डवल संघको आयोजना, नेपाल ह्याण्डवल संघको तत्वावधान, नेपाल ओलम्पिक कमिटिको बिषेश सहयोगमा, एकता बुक्स डिष्ट्रिब्युटर्स काठमाण्डौंको मुख्य प्रायोजन भएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution