भोजपुरमा हवाई उडान अवरुद्ध

  • पोखरा न्यूज
  • २०७३ अषाढ ९
Post Thumbnail

पोखरान्युजडटकम, ९ असार –

बर्सातका कारण हवाई उडान हुन नसक्दा बुधबार हुने भनिएको आँखा अस्पतालको भवन शिलान्यास कार्यक्रम स्थगित भएको छ ।

जापान सरकारको सहयोगबाट निर्माण हुने भोजपुर आँखा अस्पतालको भवन नेपालका लागि जापानी राजदूत मासासी ओगावाले गर्ने कार्यक्रम तय गरिएको थियो । बिहान हुने भनिएको उडान मौसमकै कारण दिनभर हुन नसकेपछि शिलान्यास कार्यक्रम नै स्थगित गरिएको थियो ।

बर्सात लागेपछि पटक पटक हवाई उडान अवरुद्ध हुँदा भोजपुरका सर्वसाधारण मारमा परेका छन् । बर्सातका कारण गएको शनिबार यता भोजपुरमा कुनै हवाई उडान हुन सकेको छैन ।

हवाई उडान नहुँदा बिरामी तथा अत्यावश्यक कामका लागि गएका यात्रु निकै मारमा परेका छन् । बर्सात सुरु भएसँगै हवाई मैदानमा कुहिरो लाग्नाले उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय भोजपुरका वरिष्ठ अधिकृत विशाल बरुणले जानकारी दिनुभयो । बुधबार बिहान ८ बजेको उडान दिउँसो १ बजेसम्म पर्खंदा पनि मौसम नखुलेपछि रद्द गरिएको थियो ।

बिहान हुने उडान दिनभर पर्खंदा पनि मौसम नखुलेपछि हरेक दिनजसो रद्द गर्ने गरिएको वरिष्ठ अधिकृत बरुणले थप्नुभयो । भोजपुरबाट चल्ने सडक मार्ग अवरुद्ध भएसँगै हवाई यात्रा गर्ने यात्रुको सङ्ख्या बढेको छ तर नियमित हवाई उडान हुन नसक्दा यात्रु दोहोरो मारमा परेका छन् । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस