कास्कीका किसान भन्छन् : पासपोर्टको अनुदान बन्द होस्

  • पोखरा न्यूज
  • २०७३ अषाढ ९
कास्कीका किसान भन्छन् : पासपोर्टको अनुदान बन्द होस्

पोखरान्युजडटकम, ९ असार –

कास्की जिल्लाका किसानले सरकारले हालै ल्याएको पासपोर्ट राखेर अनुदान दिने व्यवस्था खारेज हुनुपर्ने माग गरेका छन् ।

जिल्ला पशु सेवा कार्यालय कास्कीले बुधबार गरेको सार्वजनिक सुनुवाइमा सहभागीले विदेश गएर आएकै भरमा अनुदान दिने प्रावधानले वास्तविक किसान मर्कामा परेको गुनासो गरे । विदेशमा बसेर आएकै भरमा अनुदान पाउने र मुलुकको माटोमा निरन्तर पसिना भिजाउने किसानलाई पछाडि पारिएकोमा कार्यक्रमका सहभागीले दुःख व्यक्त गरे ।

विदेशमा बसेको भरमा मात्र नभई उत्पादनका आधारमा अनुदानको व्यवस्था गरिनुपर्ने पोखरा–२५ पुम्दीभुम्दीका किसान खेमराज बराल बताउनुहुन्छ । जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा राकेश प्रजापतिले पासपोर्ट राखेर अुनदान दिने व्यवस्था सरकारबाटै आएको जानकारी दिँदै किसानलाई दक्ष बनाउने विषयमा पनि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस