कास्कीका किसान भन्छन् : पासपोर्टको अनुदान बन्द होस्

पोखरान्युजडटकम, ९ असार –

कास्की जिल्लाका किसानले सरकारले हालै ल्याएको पासपोर्ट राखेर अनुदान दिने व्यवस्था खारेज हुनुपर्ने माग गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जिल्ला पशु सेवा कार्यालय कास्कीले बुधबार गरेको सार्वजनिक सुनुवाइमा सहभागीले विदेश गएर आएकै भरमा अनुदान दिने प्रावधानले वास्तविक किसान मर्कामा परेको गुनासो गरे । विदेशमा बसेर आएकै भरमा अनुदान पाउने र मुलुकको माटोमा निरन्तर पसिना भिजाउने किसानलाई पछाडि पारिएकोमा कार्यक्रमका सहभागीले दुःख व्यक्त गरे ।

विदेशमा बसेको भरमा मात्र नभई उत्पादनका आधारमा अनुदानको व्यवस्था गरिनुपर्ने पोखरा–२५ पुम्दीभुम्दीका किसान खेमराज बराल बताउनुहुन्छ । जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा राकेश प्रजापतिले पासपोर्ट राखेर अुनदान दिने व्यवस्था सरकारबाटै आएको जानकारी दिँदै किसानलाई दक्ष बनाउने विषयमा पनि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button