कोसी ब्यारेजबाट पाँच कार्टुन गाँजा बरामद

पोखरान्युजडटकम, ९ असार –

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह–१ स्थित कोसी ब्यारेजको सडक छेउमा बेवारिसे अवस्थामा राखिएको गाँजा प्रहरीले बुधबार साँझ बरामद गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

अन्दाजी ७५ केजीको पाँचवटा कार्टुनमा प्याक गरिएको सो गाँजा राजमार्ग छेउमा फालिएको अवस्थामा इलाका प्रहरी कार्यालय भारदहको टोलीले बरामद गरेको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो । बरामद गरिएको गाँजालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button