पोखरान्युजडटकम, ९ असार –
काठमाडौँ उपत्यकाको बीस वटा चोकमा ट्राफिक पोष्ट (आइल्यान्ड) निर्माण गरिएको छ ।
उपत्यकाको पुतलीसडक, पद्यमोदयमोड, चक्रपथ, नयाँ बानेश्वर, दरबारमार्ग, कलङ्की, त्रिपुरेश्वर, कालिमाटीलगायतका चोकमा आइल्यान्ड निर्माण गरिएको हो ।
दिगो सहरी विकास आयोजनाको सहयोग तथा काठमाडौँ महानगरपालिका र सडक विभागको सहकार्यमा उक्त आइल्यान्ड निर्माण गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “सडकमा भीडभाड नभएको बेलामा एकछिन् भए पनि ट्राफिकलाई आराम गर्ने वातावरण आइल्यान्ड निर्माणले मिलेको छ ।”
उक्त आइल्यान्डमा मोबाइल फोनलाई चार्ज गर्नका लागि सोलारको समेत व्यवस्था मिलाइएको छ भने ट्राफिकको पानी परेको बेला लगाउने कपडा र पानी राख्ने ठाउँसमेत छ ।
प्रवक्ता मल्लले यसलाई काठमाडौँ उपत्यकाका सम्पूर्ण चोकमा राख्ने वातावरण बनाउन दिगो सहरी विकास आयोजनासँग छलफल गरिरहेको बताउनु भयोे । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution