उपत्यकाका प्रमुख सडक झिलीमिली हुँदै

पोखरान्युजडटकम,९ जेठ –

आगामी डेढ वर्षभित्र काठमाडौँ उपत्यकाका प्रमुख सडकमा सौर्य ऊर्जा जडान गरी झिलिमिली गराइने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

महानगरपालिकाका सार्वजनिक निजी साझेदारीका प्रमुख शिव अधिकारीका अनुसार उपत्यकाका मुख्य सडकमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत उपत्यकामा एक हजार ८५ सौर्यबत्ती जडान गर्न लागिएको हो ।

काठमाडौंँका मुख्य सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ ल्याइएको उक्त कार्यक्रमका लागि कामपाले गत जेठ २७ गते सूचना बोलपत्र आह्वान गरिसकेको छ । बोलपत्रका लागि हालसम्म २० भन्दा बढी कम्पनीले फाराम भरिसकेका छन् । कामपाले यही असार १२ गतेसम्मका लागि आवेदन खुला गरेको छ ।सौर्यबत्ती जडानका लागि महानगरले तीन छुट्टाछुट्टै खण्ड पहिचान गरेको छ । सोअनुसार कलङ्कीदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल तथा क्षेत्रपाटी हुँदै सोह्रखुट्टेसम्म सौर्यबत्ती राखिने छ । त्यस्तै सोह्रखुट्टेबाट बालाजु र नयाँ बसपार्कमा गरी पहिलो चरणमा चार सय खम्बा गाडिने कामपाको भनाइ छ ।

त्यस्तै दोस्रोे चरणमा दरबारमार्गदेखि काठमाडाँैं प्लाजा, कृष्ण पाउरोटी सडक तथा गौशालामा सौर्यबत्ती राखिने छ । त्यस्तै ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तीसपुतली, मैतीदेवी, डिल्लीबजार र पुतलीसडकमा तीन सय सौर्यबत्ती जडान गरिने छ ।

महानगरले पहिचान गरेको तेस्रो चरणमा ती सय ८५ खम्बा राखिने छ । सो चरण अन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शङ्खमूल पुलसम्म, तीनकुने कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामङ्ल चोकसम्म सौर्य बत्ती जडान गरिने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button