सर्वोच्चद्वारा मिसिल झिकाउन आदेश

पोखरान्युजडटकम, ९ असार –

सर्वोच्च अदालतले सिफारिस गरिएका न्यायाधीशविरुद्ध परेका रिटमा सुनुवाइ गर्न सम्पूर्णमिसिल झिकाउन आदेश दिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले सम्पूर्ण मिसिल झिकाउने आदेश दिएको हो । आदेशमा भनिएको छ, “सर्वोच्चले न्यायाधीश सिफारिस गरेको ११ सम्बन्धमा उक्त सिफारिससम्बन्धी कागजात र निर्णयको रजिष्ट्रर न्यायपरिषद्बाट झिकाउनु ।”

त्यस्तै, न्याय परिषद्बाट संसदीय सुनुवाइका लागि २०७२ फागुन १९ मा संसद् सचिवालयमा लेखेको पत्रसहितको कागजातको प्रमाणित प्रतिलिपि झिकाउनु भनिएको छ । आदेशमा वरिष्ठ अधिवक्ता रामप्रसाद सिटौलालाई न्याय परिषद् सदस्यमा नियुक्तिको सिफारिस गरिएको २०७२ असोज १४ गते को सिफारिस संसदीय सुनुवाइको लागि पठाइएकामा प्रधानमन्त्रीबाट २०७२ कात्तिक १७ मा उक्त नियुक्ति सिफारिस रद्द गरी संसदीय सुनुवाइमा पठाइएको पत्रको निर्णयसमेत झिकाउन आदेश गरेको छ ।

यसैबीच, सिफारिस भएका ११ न्यायाधीशविरुद्ध सुनुवाइ हुनुपर्नेलगायत माग राख्दै बुधबार अनसन सुरु गर्नुभएका अधिवक्ता पूर्णचन्द्र पौडेलले अनसन तोड्नुभएको छ । सर्वोच्च अदालतले आज आफ्नो माग अनुरुपसुनुवाइ गरेको भन्दै उहाँले अनसन तोड्नुभएको हो ।

नेपाल बार एसोसिएनका अध्यक्ष शेरबहादुर केसीले बार परिसरमा अनसनमा बस्नुभएका पौडेललाई जुस खुवाएर अनसन तोडाउनुभएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button